दफा ६०
संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
(१) यस ऐन अन्तर्गत दायर भएको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ।
(२) उपदफा: (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सामान्य कार्यविधि अपनाउनु पर्नेछ।